
आदरणीय अभिभावकज्यू, प्रिय विद्यार्थीहरू तथा सम्माननीय शिक्षाप्रेमीहरूमा हार्दिक नमस्कार। गण्डकी प्रदेशको हिमाली जिल्ला म्याग्दी, अन्नपूर्ण गाउँपालिका–५, शिखमा अवस्थित श्री शिख माध्यमिक विद्यालय वि.सं. २०११ सालमा अग्रज शिक्षाप्रेमीहरू तथा भूतपूर्व सैनिकका १६ जना सरदारहरूको विशेष पहलबाट स्थापित गौरवशाली सामुदायिक विद्यालय हो। प्रारम्भिक बाल शिक्षा (ECD) देखि कक्षा १२ सम्म अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको यस विद्यालयले शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी समयसापेक्ष, वैज्ञानिक, प्रविधिमैत्री तथा जीवनोपयोगी शिक्षामा विशेष जोड दिएको छ। हाम्रो लक्ष्य नैतिकवान, सिर्जनशील, आत्मनिर्भर, प्रतिस्पर्धी, रोजगारमुखी र जिम्मेवार नागरिक निर्माण गर्नु हो। प्रधानाध्यापकको रूपमा सम्मान, निष्ठा, जवाफदेहिता, अनुशासन र सुशासनलाई आत्मसात् गर्दै सहकर्मी शिक्षक–शिक्षिका, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य गरी गुणस्तरीय शिक्षा प्रदान गर्न म निरन्तर प्रतिबद्ध छु। यदि तपाईं आफ्ना बालबालिकाका लागि आधुनिक, प्रविधिमैत्री, बालमैत्री, संस्कारयुक्त र गुणस्तरीय शिक्षाको खोजीमा हुनुहुन्छ भने श्री शिख माध्यमिक विद्यालय तपाईंको विश्वासिलो गन्तव्य बन्नेछ। सम्पूर्ण विद्यार्थी र अभिभावकलाई हाम्रो विद्यालय परिवारमा हार्दिक स्वागत गर्दछु।
No blogs found in this category.

Computer Science एक अनुशासन हो जुन निरन्तर परिवर्तन हुँदै जान्छ। यदि तपाईं लगनशील, जिज्ञासु र प्रयोग गर्न रुचाउने व्यक्ति हुनुहुन्छ भने, तपाईं यस क्षेत्रमा निकै टाढासम्म जान सक्नुहुन्छ।
तपाईंले रोजेको शिक्षा संकाय केवल एउटा शैक्षिक विकल्प होइन, यो एक जिम्मेवारी र अभियान हो। तपाईंहरू ज्ञानका दीपक, नेतृत्व गर्ने शक्ति, र समाजको मार्गदर्शक बन्न सक्नुहुन्छ। "एक शिक्षकले हजारौँ जीवन परिवर्तन गर्न सक्छ। तपाईं त्यो शिक्षक बन्ने बाटोमा हुनुहुन्छ।"
व्यवस्थापन संकाय एउटा यस्तो ढोका हो जसले तपाईंलाई नेतृत्व, व्यवसाय, र जीवनको हरेक क्षेत्रमा प्रभावकारी बन्ने क्षमता दिन्छ। आजको अध्ययनले भोलिको सफलता निर्माण गर्छ। इमानदार मेहनत, निरन्तर सिकाइ र आत्मविश्वास तपाईंको मुख्य हतियार हुनुपर्छ।

Students

Teachers

Faculty

Experience
Our school offers a wide range of learning resources from digital libraries and e-learning platforms to well-equipped science labs and interactive classrooms.
All Categories