
नेपालको गण्डकी प्रदेशको हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपलीका अन्तर्गत वडा नं. ५ को शिख गाउँमा अवस्थित यस श्री शिख माध्यमिक विद्यालय आदरणिय अग्रज शिक्षाप्रेमीहरु भू.पू. सैनिकका १६ सरदारहरुको विषेश पहलमा वि.स. २०११ सालमा स्थापना भएको सामुदायिक विद्यालय हो। प्रारम्भिक बाल शिक्षा देखि कक्षा १२ सम्मको अध्ययन अध्यापन हुने यस विद्यालयमा शिक्षालाई केवल ज्ञानको रुपमा मात्र नहेरेर समय सापेक्ष वैज्ञानिक प्रविधिमैत्री शिक्षा प्रदान गरि प्रगतिशिल, प्रतिस्पर्धी, रोजगारमूलक, उत्पादनशिल, जीम्मेवार नागरिक उत्पादन गर्नु हाम्रो मुख्य उद्देश्य रहेको छ। प्रविधिमैत्री वालमैत्री, पारिवारिक, शान्त वातावरणमा निशुल्क आवास सहित विद्यार्थीको सिर्जनसिलता र विविधतालाई सम्मान गर्दै जीवनपयोगी ज्ञान, व्यवहारकुशल सिप र निरन्तर अतिरित्त क्रियाकलापलाई जोड दिदै म लगायत सम्पुर्ण सहकर्मी मित्रहरु अभिभावक, सरोकारवाला, शिक्षाप्रेमी र दानविर दाताहरुले विशेष समर्पण रहेको छ।प्रधानाध्यापकको रुपमा म सम्मान, निष्ठा, जवाफदेहिता र सुसंस्कृतिको विजारोपण गर्दै आफ्ना सहकर्मीहरुको राय र सहयोग मार्फत गुणस्तरिय शिक्षा प्रदान गर्नको हरपल लागि परिरहेकी छु ।यदि तपाई समय सापेक्ष, आधुनितक, प्रविधिमैत्री, पारिवारिक, वालमैत्री सुसंस्कृत, प्रतिस्पर्धी र रोजगारमुखी शिक्षाको अपेक्षा गर्नुहुन्छ भने श्री शिख माध्यमिक विद्यालय तपाईको राम्रो गन्तव्य हो ।
No blogs found in this category.

Computer Science एक अनुशासन हो जुन निरन्तर परिवर्तन हुँदै जान्छ। यदि तपाईं लगनशील, जिज्ञासु र प्रयोग गर्न रुचाउने व्यक्ति हुनुहुन्छ भने, तपाईं यस क्षेत्रमा निकै टाढासम्म जान सक्नुहुन्छ।
तपाईंले रोजेको शिक्षा संकाय केवल एउटा शैक्षिक विकल्प होइन, यो एक जिम्मेवारी र अभियान हो। तपाईंहरू ज्ञानका दीपक, नेतृत्व गर्ने शक्ति, र समाजको मार्गदर्शक बन्न सक्नुहुन्छ। "एक शिक्षकले हजारौँ जीवन परिवर्तन गर्न सक्छ। तपाईं त्यो शिक्षक बन्ने बाटोमा हुनुहुन्छ।"
व्यवस्थापन संकाय एउटा यस्तो ढोका हो जसले तपाईंलाई नेतृत्व, व्यवसाय, र जीवनको हरेक क्षेत्रमा प्रभावकारी बन्ने क्षमता दिन्छ। आजको अध्ययनले भोलिको सफलता निर्माण गर्छ। इमानदार मेहनत, निरन्तर सिकाइ र आत्मविश्वास तपाईंको मुख्य हतियार हुनुपर्छ।

Students

Teachers

Faculty

Experience
Our school offers a wide range of learning resources from digital libraries and e-learning platforms to well-equipped science labs and interactive classrooms.
All Categories